काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई ८ लाख २१ हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन तथा विद्यार्थीका लागि आवश्यक अध्ययन वातावरण सुधार गर्ने उद्देश्यले फर्निचर खरिदका लागि उक्त सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष सम्झना अर्यालले विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै अर्यालले सामाजिक क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्न पाउँदा कम्पनी खुसी रहेको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानाध्यापक भट्टले सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने उल्लेख गर्दै कम्पनीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा कम्पनीका पदाधिकारी, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया