शीर्षकहरू

पूर्व ऊर्जामन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

पूर्व ऊर्जामन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्ने सर्वोच्च अदालतले आदेश दिएको छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासले बुधबार यस्तो आदेश दिएको हो। अदालतले उक्त मुद्दाको अर्को सुनुवाइका लागि पेसी बिहीबार तोकेको छ।

खड्का चैत १५ गते पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेन–जी आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया