काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले रमजानको अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मानवीय आधारमा दिइएको आममाफीप्रति नेपाल सरकारले यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। विज्ञप्तिमा यस्तो निर्णयले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
नेपाल सरकारको अनुरोध तथा अबुधाबीस्थित नेपाली दूतावासको समन्वयमा उक्त आममाफी प्रक्रिया सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले यस कदमलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि यस्ता मानवीय पहलले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया