काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ।
संघका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो।
संघले व्यवसायिक समुदाय तथा सामाजिक विकासमा सक्रिय योगदान पुर्याउँदै आएकी तामाङको सार्वजनिक सेवा र समावेशी विकासप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गरेको छ। उनलाई एक सम्मानित सदस्यका रूपमा समेत संघले उल्लेख गर्दै उनको निर्वाचित भूमिकाले थप प्रभावकारी योगदान दिने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा संघले नवनिर्वाचित सांसद तामाङलाई बधाई दिँदै आगामी दिनमा उहाँको कार्यकाल सफल र अर्थपूर्ण रहने अपेक्षा व्यक्त गरेको छ।
कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनमा योगदान पुर्याएको भन्दै वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति पनि संघले आभार प्रकट गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया