एजेन्सी । भारतमा पछिल्लो १२ वर्षमा सडक निर्माणमा उल्लेखनीय प्रगति भएको छ। आज भारतसँग ६३.७३ लाख किलोमिटरभन्दा बढी लामो सडक सञ्जाल छ, जुन अमेरिका पछि विश्वकै दोस्रो ठूलो नेटवर्क हो।
२०१३–१४ मा सडक तथा यातायात मन्त्रालयको बजेट ३१ हजार करोड रुपैयाँ थियो। हाल यो बढेर ३ लाख करोड रुपैयाँ भारुभन्दा बढी पुगेको छ। २०२६–२७ मा मन्त्रालयको बजेट ३.०९ लाख करोड रुपैयाँभारु राखिएको छ । जसमा १.८१ लाख करोड भारु नेशनल हाइवेका लागि, १.२२ लाख करोड सडक तथा पुलका लागि र ४०० करोड भारु सडक सुरक्षाका लागि छुट्याइएको छ।
२००४–१४ सम्ममा वार्षिक औसत ४,१७४ किमी नेशनल हाइवे निर्माण हुन्थ्यो। २०१४-२५ बीच यो बढेर वार्षिक ९,७०४ किमी पुगेको छ। २०१४–१५ सम्म देशभर ५५० किमी हाई स्पीड कोरिडोररएक्सप्रेसवे थियो। २०२५ डिसेम्बरसम्म यो बढेर ५,३६४ किमी पुगेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया