शीर्षकहरू

भूगर्भ सिमेन्टका उत्पादन : पूर्वाधार निर्माणको बलियो आधार

भूगर्भ सिमेन्टका उत्पादन :  पूर्वाधार निर्माणको बलियो आधार

काठमाडौं । नेपालमा सिमेन्ट उद्योगले गुणस्तरीय उत्पादनमा जोड दिँदै विभिन्न ब्रान्डमार्फत बजार विस्तार गरिरहेको छ। Bhugarbha Cement लगायतका कम्पनीहरूले PPC र OPC सिमेन्ट उत्पादनमा प्रविधि र कच्चा पदार्थको सन्तुलित प्रयोग गर्दै निर्माण क्षेत्रलाई बलियो आधार प्रदान गरिरहेका छन्।

PPC (Portland Pozzolana Cement) अन्तर्गत भूगर्भ सिमेन्टका उत्चपादनहरू Deurali PPC Cement, Crystal PPC Cement र Apollo PPC Cement जस्ता ब्रान्डहरू बजारमा उपलब्ध छन्। यी सिमेन्टहरू पोर्टल्याण्ड क्लिङ्कर, फ्लाइ एश (पोज्जोलाना) र जिप्सम मिसाएर तयार गरिन्छन्। विशेषगरी ६५–७५ प्रतिशत क्लिङ्कर, ३–६ प्रतिशत जिप्सम र १५–२५ प्रतिशत फ्लाइ एशको सन्तुलनले PPC सिमेन्टलाई मजबुत र टिकाउ बनाउने उद्योगीहरूको दाबी छ।

फ्लाइ एश कोइला आधारित तापीय विद्युत् केन्द्रबाट निस्कने अति सूक्ष्म कण हो, जसले सिमेन्टको गुणस्तर र दीर्घकालीन मजबुती बढाउन सहयोग पुर्‍याउँछ। PPC सिमेन्टलाई विशेषगरी वातावरणमैत्री र लागत–प्रभावकारी विकल्पका रूपमा लिइन्छ।

त्यस्तै, Bhugarbha OPC Cement (Ordinary Portland Cement) लाई पनि निर्माण क्षेत्रमा व्यापक रूपमा प्रयोग गरिँदै आएको छ। यसमा चूनढुंगा, माटो तथा विभिन्न खनिज पदार्थहरूलाई प्रशोधन गरी तयार गरिन्छ। कच्चा पदार्थलाई उत्खनन गरी साना टुक्रामा क्रस गरेर मिलमा पिस्ने र सन्तुलित रासायनिक मिश्रण तयार गर्ने प्रक्रिया अपनाइन्छ।

उद्योगीहरूका अनुसार नेपालमा आवश्यक कच्चा पदार्थ प्रशस्त मात्रामा उपलब्ध भएकाले OPC सिमेन्ट उत्पादन सहज रहेको छ। निर्माण क्षेत्रमा बढ्दो मागसँगै यस्ता सिमेन्ट उत्पादनले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। समग्रमा, PPC र OPC सिमेन्टको गुणस्तरीय उत्पादन तथा विविध ब्रान्डको प्रतिस्पर्धाले नेपाली सिमेन्ट उद्योगलाई थप सशक्त बनाउँदै लगेको देखिन्छ।
 

प्रतिक्रिया