शीर्षकहरू

सरकारी कर्मचारीको तलब अब अर्धमासिक रूपमा, महिनाभरि कुर्नु पर्ने बाध्यता अन्त्य

सरकारी कर्मचारीको तलब अब अर्धमासिक रूपमा, महिनाभरि कुर्नु पर्ने बाध्यता अन्त्य

काठमाडौं । सरकारले निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ। अबदेखि कर्मचारीहरूले महिनाको अन्त्यसम्म कुर्नु पर्ने बाध्यता हट्दै, हरेक १५–१५ दिनमा (अर्धमासिक रूपमा) तलब र भत्ता पाउने व्यवस्था सुरु हुने भएको छ। अर्थ मन्त्रालयले हालै जारी गरेको पत्रअनुसार, मासिक भुक्तानी प्रणालीलाई परिमार्जन गरी अर्धमासिक भुक्तानी सुरु गर्ने निर्णय भएको हो।

यो निर्णय अर्थ मन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको बैठकले गरेको हो। पत्रमा सहसचिव डा। सुमन दाहालले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।महालेखा नियन्त्रक कार्यालयले अब यसका लागि आवश्यक प्राविधिक र प्रशासनिक तयारी अघि बढाउनेछ।

nullnullnull

प्रतिक्रिया