शीर्षकहरू

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल-चीन सम्झौता, कलंकी–बसुन्धरा ८.२ किमी सडक निर्माण हुने

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल-चीन सम्झौता, कलंकी–बसुन्धरा ८.२ किमी सडक निर्माण हुने

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार, दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा पनि व्यक्त गरे ।

त्यसैगरी, राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

null

प्रतिक्रिया