शीर्षकहरू

धोबीखोला करिडोरको अतिक्रमित भवन भत्काउने तयारी, सुरक्षाकर्मी परिचालन

धोबीखोला करिडोरको अतिक्रमित भवन भत्काउने तयारी, सुरक्षाकर्मी परिचालन

काठमाडौं । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो भवन पनि भत्काउने तयारी गरिएको छ। उक्त घर श्रम सस्कृति पार्टीका नेता इन्द्र चाम्लिङको भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सरकारले अतिक्रमण गरेर निर्माण गरिएको दाबी गर्दै उक्त भवन हटाउने प्रक्रिया अघि बढाएको हो। हाल सुरक्षाकर्मीहरूले भवनभित्र रहेका सामानहरू बाहिर निकाल्ने काम गरिरहेका छन्।

स्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ। उक्त भवनमा रेष्टुरेन्ट, बार, स्पा लगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएका छन्।

पछिल्ला केही दिनयता यो भवन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। यसअघि पनि यही क्षेत्रमा रहेका सुकुम्बासीका अन्य घरहरू भत्काइसकिएको छ।
 

प्रतिक्रिया