शीर्षकहरू

मनोज लाल कर्णको राजीनामा स्वीकृत, दाहाल बने हिमालयन लाइफको निमित्त सीईओ

मनोज लाल कर्णको राजीनामा स्वीकृत, दाहाल बने हिमालयन लाइफको निमित्त सीईओ

काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मनोज लाल कर्णले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गरेको हो । 

कर्णको राजीनामा स्वीकृत गर्दै बैठकले निमित्त सीईओको रुपमा कपिल कुमार दाहाललाई नियुक्त गरेको जनाइएको छ । दाहाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत हुन । 

अभिकर्ता र कर्मचारीको आन्दोलन पछि कर्णले सोमबार पदबाट राजीनामा दिएका थिए । कम्पनीका अभिकर्ताले गत बुधबार देखि सीईओको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए ।

अभिकर्तासँगै कम्पनीका कर्मचारीहरुले सीईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएका थिए । अभिकर्ता र कर्मचारीले कार्यालय परिसरमा धर्ना दिएका थिए । सोमबार उनीहरुले सीईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।