शीर्षकहरू

नयाँ वर्षमा टेलिकमको धमाकेदार अफर: दैनिक १० जीबीसम्म डाटा, अनलिमिटेड प्रयोगको सुविधा

नयाँ वर्षमा टेलिकमको धमाकेदार अफर: दैनिक १० जीबीसम्म डाटा, अनलिमिटेड प्रयोगको सुविधा

काठमाडौँ । नेपाल टेलिकम ले नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि आकर्षक ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध हुनेछन्। ‘न्यु इयर लाइट’ प्याकेज रु. ४९९ मा पाइनेछ, जसमा प्रयोगकर्ताले दैनिक ५ जीबी डाटा पाउनेछन्। निर्धारित सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी ‘न्यु इयर प्रिमियम’ प्याकेज रु. ६९९ मा उपलब्ध हुनेछ, जसमा दैनिक १० जीबी डाटा पाइनेछ। दैनिक सीमा पूरा भएपछि पनि ३ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिने सुविधा दिइएको छ।

दुवै प्याकेजको वैधता अवधि ३० दिनको रहनेछ। यो अफर २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड ग्राहकका लागि भने प्याकेज शुल्क मासिक रेन्टलमै समावेश गरिने जनाइएको छ।

ग्राहकहरूले मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एप मार्फत पनि सजिलै प्याकेज सक्रिय गर्न सक्नेछन्।

प्रतिक्रिया