शीर्षकहरू

नयाँ वर्षको सुरुआतसँगै  एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

नयाँ वर्षको सुरुआतसँगै  एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ वर्षको सुरुआतसँगै एकैदिन तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

स्वीकृतिअनुसार एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँकै दरमा २५ लाख ८० हजार कित्ता सेयर सार्वजनिक गर्ने अनुमति पाएको छ। यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यस कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

बोर्डबाट स्वीकृति पाएसँगै तीनै कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि सेयर बिक्री प्रक्रिया अघि बढाउनेछन्।

प्रतिक्रिया