शीर्षकहरू

युनाइटेड मोदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनाइटेड मोदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) को प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (बैशाख ३) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्रै आगामी साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले बैशाख २७ गते, आइतबार, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीमा बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

साथै, कम्पनीलाई होल्डिङ कम्पनीका रूपमा विकास गर्न नाम परिवर्तन गर्ने, हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने लगायतका प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।

यसका अतिरिक्त सञ्चालक समितिमा दुई जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

प्रतिक्रिया