काठमाडौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा नोपलका प्रधानमन्त्री बालेन शाह परेका छन्। शाह प्रभावशाली नेताको समूहमा १४औं स्थानमा छन्। पहिलो स्थानमा पोप लियो, दोस्रोमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम, तेस्रोमा अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, चौथोमा राष्ट्रपति डोनाल्ड ट्रम्प छन्।
अन्य शीर्ष स्थानमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, चीनका राष्ट्रपति सी चिनफिङ, जापानकी प्रधानमन्त्री सनइ तकाइची, इस्रायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लगायत छन्। बालेनलाई “हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्व”का रूपमा चित्रण गरिएको छ।
भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा आन्दोलनले उनलाई सत्तामा पुर्याएको उल्लेख गरिएको छ। उनको उदयलाई “युवा विद्रोह”का रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय सत्ता संरचनामा तरंग ल्याएको भनिएको छ।
काठमाडौं मेयर रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको प्रशंसा गरिएको छ। तर स्थानीय तहमा देखिएको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने–नसक्ने विषयमा अझै चुनौती रहेको पत्रिकाले उल्लेख गरेको छ।
अमेरिकी र्याप कलाकार टुपाक शकुर र फिफ्टी सेन्टका प्रशंसक बालेनले सामाजिक सञ्जालमा “नयाँ वा पुराना सबै राजनीतिज्ञ चोर हुन्” भन्ने अभिव्यक्ति दिएका थिए।टाइमले लेखेको छस् “नेपाली जनताले उनले आफ्नै भनाइ गलत साबित गर्ने अपेक्षा राखेका छन्।”
आर्थिकन्यूज
प्रतिक्रिया