काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार (नेप्से) अन्तिम समयमा सुधारिएर बन्द भएको छ। दिनभर सामान्य उतारचढाव देखिएको बजार अन्त्यतिर सकारात्मक बनेपछि नेप्से परिसूचक ५.३६ अंकले बढ्दै २८३८.४० विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि सामान्य घटेका छन्।
कारोबार रकम भने घटेको छ। बिहीबार ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा यस दिन ७ अर्ब ४६ करोड रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको नेप्सेले जनाएको छ। कुल ३३५ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर ९६ हजार ५७३ पटक कारोबार भएका छन्।
उपसमूहगत रूपमा ५ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन र होटल तथा पर्यटन उपसमूहले क्रमशः १.४० र १.३८ प्रतिशतले वृद्धि देखाएका छन्। बैंकिङ, विकास बैंक, वित्त, लगानी, बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूह भने सामान्य गिरावटमा रहेका छन्।
यस दिन ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।
त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयर करिब साढे ८ प्रतिशत र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको सेयर भने सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको मात्रै ६६ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। सोलु हाइड्रोपावर र रिडी पावर डेभलपमेन्ट पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया