शीर्षकहरू

सामसङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान

सामसङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान

काठमाडौं। मोबाइल तथा उपभोक्ता विद्युतीय सामग्री क्षेत्रमा अग्रणी ब्रान्ड सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै ‘सपनादेखि सम्भावनासम्म’ शीर्षकको नयाँ अभियान सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार उक्त अभियानले विदेशमा रहेका नेपालीले परिवार र देशका लागि पुर्‍याइरहेको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ। साथै, प्रविधिमार्फत मानिसको जीवन जोड्ने स्यामसङको उद्देश्यलाई पनि अभियानले सशक्त बनाउने जनाएको छ।

यस अभियानअन्तर्गत सामसङ रेमिट लाभ योजना’ नामक विशेष योजना ल्याइएको छ, जसले रेमिट्यान्समा निर्भर परिवारलाई थप सुविधा र लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ। उक्त अफर आगामी अप्रिल २४ देखि लागू हुने बताइएको छ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका प्रमुख आधारका रूपमा सम्मान गर्न खोजिएको जनाएको छ। सामसङका एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त उपकरणहरूले परिवारको दैनिक जीवनलाई अझ सहज, स्मार्ट र जोडिएको बनाउने कम्पनीको दाबी छ।

यस योजनाअन्तर्गत सामसङले आईएमई रेमिट, एनसेल, खल्ती बाइ आईएमई तथा हुलास फिन सर्भ लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यमार्फत स्यामसङका उत्पादन खरिदमा विभिन्न सुविधा उपलब्ध गराइएको छ, जसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको किस्ता (ईएमआई) सुविधा तथा खल्तीमार्फत क्यासब्याक समावेश छन्।

कम्पनीका अनुसार यो अफर विदेशबाट नेपालमा रकम पठाउने सेवाग्राहीलाई लक्षित गरी ल्याइएको हो।

सामसङले आधिकारिक उत्पादन प्रयोगमार्फत दीर्घकालीन विश्वसनीयता, वारेन्टी सुविधा र सहज इकोसिस्टम अनुभव प्राप्त गर्न सकिने विषयमा पनि जोड दिएको छ।

प्रतिक्रिया