काठमाडौं। इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने भएको छ। इरानी सरकारी उड्डयन निकायले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अनुमति दिइएको जनाएको छ।
फेब्रुअरी २८ देखि इजरायल र अमेरिकासँग तनाव तथा सैन्य अवस्थाका कारण इरानका अधिकांश विमानस्थलहरू बन्द रहेका थिए। लामो समयपछि आंशिक रूपमा उडान सेवा पुनः सुरु गर्न लागिएको हो।
यसैबीच, क्षेत्रीय सुरक्षा अनुगमनकर्ताहरूका अनुसार इरानले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको र थप आक्रमणको चेतावनी पनि सामना गर्नुपरेको छ।
इरानले यसअघि युद्धविरामको क्रममा उक्त महत्वपूर्ण जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने घोषणा गरेको थियो। तर पछिल्लो निर्णय उल्ट्याउँदै बिना अनुमति हुने सबै आवागमनमा रोक लगाइएको छ। यो जलमार्ग मध्यपूर्वको व्यापारिक ढुवानीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया