शीर्षकहरू

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने, संगठन विस्तारको कार्यतालिका तय

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने, संगठन विस्तारको कार्यतालिका तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो। प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकले सचिवालयका निर्णयहरू अनुमोदन गर्नेछ।

यसअघि वडा र पालिका अधिवेशन वैशाख २ गतेदेखि पुनः सुरु गरिएको थियो। मंसिरमा सुरु भएको संगठन निर्माण प्रक्रिया प्रतिनिधि सभा निर्वाचनका कारण बीचमै रोकिएको थियो।

हालसम्म ४५२ वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न भएको र बाँकी स्थानमा तदर्थ समिति गठनमार्फत संगठन विस्तार भइरहेको पार्टीले जनाएको छ।

रास्वपाले वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका र जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

प्रतिक्रिया