काठमाडौं । जन्मजात दुवै हात नचल्ने भए पनि अदम्य साहसका साथ खुट्टाको औँलाले लेखेर अध्ययन गरिरहेका रोल्पाका १२ वर्षीय सन्देश बुढा मगरको शिक्षाको जिम्मेवारी शिवम् सिमेन्ट्स लिमिटेडले लिएको छ।
रोल्पा नगरपालिका–१० धाङ्सी निवासी सन्देशको आर्थिक अवस्था र शारीरिक अवस्थाबारे सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानआकर्षण गर्दै कम्पनीले उनको माध्यमिक तहसम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने निर्णय गरेको हो।
सन्देशको उज्ज्वल भविष्यका लागि शिवम् सिमेन्टले काठमाडौंमा विशेष व्यवस्था मिलाएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा उनको अध्ययनको व्यवस्था गरिएको छ। उनको रेखदेख, हेरचाह र बस्नका लागि अपाङ्ग नवजीवन केन्द्र८८सँग सहकार्य गरिएको छ।
सन्देशको शिक्षा र आवासका लागि लाग्ने आवश्यक खर्च शिवम् सिमेन्टले अर्धवार्षिक रूपमा केन्द्रलाई उपलब्ध गराउनेछ। रोल्पाको स्थानीय विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका सन्देशलाई थप अध्ययनका लागि अपाङ्गमैत्री वातावरण र आर्थिक स्रोतको अभाव थियो। ु
ूसमाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्य हो। विशेष क्षमता भएका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन पाउँदा हामी गौरवान्वित छौं, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आर्थिकन्यूज
प्रतिक्रिया