शीर्षकहरू

सम्पत्ति शुद्धीकरण विभागको नेतृत्वमा निर्मल ढकाल : विवादमा मुछिएका ठाकुरलाई मन्त्रालय तानियो

सम्पत्ति शुद्धीकरण विभागको नेतृत्वमा निर्मल ढकाल : विवादमा मुछिएका ठाकुरलाई मन्त्रालय तानियो

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नयाँ महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकालले पाएका छन् । ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत  थिए।

यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा फिर्ता (तानेका) बोलाएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा रहेका ठूला व्यवसायीहरूसँग ठाकुरको नाम जोडिएपछि यो कदम चालिएको हो।

विभागले अनुसन्धान गरिरहेका व्यवसायीत्रय दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासँग ठाकुरको अस्वाभाविक नाम जोडिएको विषय सार्वजनिक भएको थियो। नैतिक प्रश्नस् संवेदनशील मुद्दाको अनुसन्धान भइरहेका बेला अभियुक्तहरूसँग महानिर्देशकको नाम जोडिनुले अनुसन्धानको निष्पक्षतामा प्रश्न उठेपछि उनलाई पदबाट हटाइएको हो।

विभागकै आन्तरिक संरचना बुझेका ढकालले नेतृत्व सम्हालेपछि अब ठूला व्यवसायीमाथि भइरहेको शुद्धीकरणको अनुसन्धानले कसरी गति लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। सरकारले पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारणका लागि कडा नीति लिइरहेको सन्दर्भमा यो नेतृत्व परिवर्तनलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया