शीर्षकहरू

गोल्छालाई पक्राउ गरिएको विषयमा नाडाको आपत्ति

गोल्छालाई पक्राउ गरिएको विषयमा नाडाको आपत्ति

काठमाडाैं । सरकारले  शेखर गोल्छालाई पक्राउ गरेको विषयमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आप्पत्ति जनाएको छ । नाडाका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई पक्राउ गरेर सरकारले व्यवसायीको मनोबल गिराएको नाडाको आरोप छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै नाडाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । उनलाई सरकाले अन्यायपूर्ण व्यवहार गरेको भन्दै पक्राउ नगरी छानबिन गर्न नाडाले माग गरेको छ । 'देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनु भएको व्यक्तित्व माथि गरिने कुनै पनि अन्याय पूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ ।’ विज्ञप्तीमा भनिएको छ । 

सत्य तथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पूर्ण विश्वास रहेको र राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको पनि नाडाले स्मरण गराएको छ अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानी कर्ताहरूको आत्मविश्वासलाई खलल पु‍र्याएकाे नाडाको भनाई छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत बिहीबार गोल्छालाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया