काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ। बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले 'सक्कली टाटा जेन्युन पार्ट्स प्रयोग गरौँ' भन्दै देश व्यापी सचेतना अभियान सुरु गरेको छ।
गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडी धनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो।
अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र र यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन्। ूसक्कली टाटा जन्यून पार्टस यसरी चिन्नुहोस्ू भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएरै सक्कली पार्ट्सको महत्त्व बुझाइरहेको छ।
कसरी चिन्ने सक्कली टाटा जेन्युन पार्ट्स ?
बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छ :
१. प्याकेजिङ र विशेष कोड: TATA Genuine Parts र TATA Motors Automotive Fluids (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड (जस्तै: 2081295) उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन ।
२. कन्ट्री कोड ( Country Code) : सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने 'कन्ट्री कोड' राखिएको हुन्छ ।
३. आधिकारिक होलोग्राम: पार्ट्स वा फ्लुइड्सको बट्टामा 'Sipradi Autoparts' को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ । यो हेरेर मात्र खरिद गर्नुपर्छ।

आर्थिकन्यूज
प्रतिक्रिया