शीर्षकहरू

ग्राहकलाई PAN र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ग्राहकलाई PAN र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं ।   एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावलाई खातामा स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकले जारी गरेको सूचनाअनुसार खाताबाट गरिएको कर कट्टीको विवरण ‘आयकर ऐन, २०५८’ अनुसार आन्तरिक राजस्व विभागको प्रणालीमा अद्यावधिक गर्न PAN अनिवार्य भएको जनाएको छ।

त्यसका लागि ग्राहकले बैंकको पोर्टल (panupdate.nicasiabank.com) वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गरी विवरण अद्यावधिक गर्न सक्नेछन्।

यसैगरी, ग्राहकले आफूलाई पायक पर्ने बैंक शाखामा गएर पनि PAN अद्यावधिक गर्न आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार PAN अद्यावधिक भएपछि खाताबाट काटिएको कर E-TDS प्रणालीमा स्वतः प्रविष्ट हुने र कर प्रमाणपत्र लिन सहज हुनेछ। साथै कर विवरण मिलानमा समस्या नआउने बैंकको भनाइ छ। PAN अद्यावधिक नगरेका कारण कर विवरण समावेश नभए वा पछि कर समायोजन गर्नुपरे त्यसको जिम्मेवारी बैंक नहुने पनि स्पष्ट पारिएको छ।

त्यस्तै, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले भिडियो KYC सेवा वा मोबाइल बैंकिङ एपको “My Profile” मा गई “Change Email” विकल्पमार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्।

यसका अतिरिक्त, नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ। कुनै समस्या परे ग्राहक सेवा केन्द्रका फोन नम्बरमार्फत सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया