शीर्षकहरू

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा अनुसन्धानका क्रममा श्रेष्ठलाई पक्राउ गरिएको हो। पक्राउबारे प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले पुष्टि गरेका छन्।

नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरबाट २०८३ वैशाख ८ गते प्राप्त आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४०(१)(छ) बमोजिम कसूर भएको उल्लेख गरिएको छ।

त्यसका आधारमा सीआईबीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट वैशाख १४ गते पक्राउ अनुमति लिएको थियो। त्यसपछि श्रेष्ठलाई वैशाख १५ गते काठमाडौं महानगरपालिका–कागेश्वरी मनहरा नगरपालिका–५ क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया