शीर्षकहरू

प्रभु बैंकद्वारा HRDC लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा HRDC लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई सहयोग हस्तान्तरण गरेको छ ।

बैंकले बनेपा–११, काभ्रेपलाञ्चोकस्थित HRDC लाई ७ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त रकम अपांगता भएका बालबालिकाको उपचार, शल्यक्रिया, फिजियोथेरापी, पुनर्स्थापना तथा विभिन्न स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा प्रयोग गरिने जनाइएको छ ।

बैंकका तर्फबाट मार्केटिङ मेनेजर सलीन समशेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाशकुमार यादवलाई चेक हस्तान्तरण गरेका हुन् ।

प्रभु बैंकले देशभरका ३०० भन्दा बढी शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित सेवा विस्तार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया