शीर्षकहरू

एमसिए-नेपालद्वारा धानखोला-लमही ४० किमि सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

एमसिए-नेपालद्वारा धानखोला-लमही ४० किमि सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ ।

सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ  एस्फाल्ट प्रयोग गरिने भएको छ । यी प्रविधिबाट पुरानो सामग्री पुनःप्रयोग गर्दै सडकलाई अझ टिकाउ, गुणस्तरीय र वातावरणमैत्री बनाउने लक्ष्य राखिएको छ ।

आयोजनाअन्तर्गत सडकको दुवैतर्फ ७ मिटर चौडा क्यारिजवे र साढे २ मिटर सोल्जर निर्माण गरी कुल १२ मिटर चौडा सडक बनाइनेछ । यसले यातायात सुरक्षित र सहज हुनुका साथै दीर्घकालीन रूपमा मर्मत खर्च घटाउने अपेक्षा गरिएको छ ।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिको प्रयोगले सडकको गुणस्तर र टिकाउपना सुनिश्चित हुने बताउँदै यो परियोजना प्रदेशका जनताका लागि महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे ।

त्यस्तै, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले यो आयोजना नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै दिगो पूर्वाधारमार्फत आर्थिक अवसर विस्तार हुने विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको काम सरकारी योजना र कार्यक्रमसँग पूरक रहेको बताउँदै समयमै गुणस्तरीय रूपमा आयोजना सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।

एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले यो परियोजनाले नेपालमा दिगो र लागत प्रभावकारी पूर्वाधार विकासमा योगदान पुर्‍याउने बताए ।

त्यसैगरी, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले आयोजना पारदर्शिता, प्रभावकारिता र उच्च गुणस्तरसहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कार्यान्वयन हुँदै आएको हो, जसको उद्देश्य ढुवानी लागत घटाउने र देशभर सडक पूर्वाधार सुधार गर्ने रहेको छ ।

null

प्रतिक्रिया