शीर्षकहरू

क्लासिकटेकको ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक

३०० Mbps इन्टरनेटसँग ४ वर्ष IPTV सेवा र WiFi 6 राउटर निःशुल्क

क्लासिकटेकको ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक

काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले नयाँ आकर्षक अफर ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेटसँगै आईपी टिभी जडान गर्दा ४ वर्षसम्म निःशुल्क आईपी टिभी सेवा प्राप्त गर्नेछन् । साथै, वाइफाई ६ (WiFi 6) राउटर पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दैनिक करिब रु ४० को लागतमा वार्षिक इन्टरनेट जडान गर्न सकिने यो योजना विशेष रूपमा किफायती बनाइएको छ । यस अफरमा एचडी तथा एसडी प्रिमियम टिभी च्यानलहरू उपलब्ध हुनेछन्, जसमा मनोरञ्जन, खेलकुद, बालबालिका तथा अन्य विविध सामग्री समावेश छन् ।

सामान्य अवस्थामा प्रति महिना करिब रु ५०० पर्ने आईपी टिभी सेवा यस अफरमार्फत मात्र रु २०३ प्रति महिना बराबरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसबाट ग्राहकले ३ वर्ष बराबरको बोनस सुविधा पाउँदै करिब रु ७,३२२ सम्मको फाइदा लिन सक्ने बताइएको छ ।

क्लासिकटेकले ग्राहकको बढ्दो इन्टरनेट तथा डिजिटल मनोरञ्जनको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याएको जनाएको छ ।

थप जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न, ९७०९१८४१४७ मा फोन गर्न वा कम्पनीको वेबसाइट www.classictech.com.np मा जान सकिनेछ ।

प्रतिक्रिया