शीर्षकहरू

प्राडा प्याकुर्यालकाे नेतृत्वमा नेपाल आर्थिक संघको नयाँ कार्यसमिति चयन

प्राडा प्याकुर्यालकाे नेतृत्वमा नेपाल आर्थिक संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। प्राडा विश्वम्भर प्याकुर्याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। उक्त साधारण सभा मे २ मा काठमाडौंमा सम्पन्न भएको हो।

निर्वाचनपछिको सम्बोधनमा प्राडा प्याकुर्यालले संघ स्थापना भएका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थिति सुदृढ बनाएको उल्लेख गरे। विश्व बैंक, यूएनडीपी, नेपाल सरकार लगायत संस्थासँग सहकार्य गर्दै आर्थिक नीति, अनुसन्धान तथा समसामयिक विकासका विषयमा छलफल अघि बढाइएको उनले बताए। साथै, निकट भविष्यमा प्रदेशस्तरमा कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

उपलब्धिमध्ये, दक्षिण एसियाका अर्थशास्त्रका विद्यार्थी तथा नेपालका  धेरै सहभागीहरूलाई सहभागी गराई सार्क क्षेत्रका प्रमुख आर्थिक मुद्दाहरूमा केन्द्रित क्षेत्रीय कार्यक्रम आयोजना गरिएको थियो। यसले संघको पहिचान र पहुँच उल्लेखनीय रूपमा विस्तार भएको प्याकुर्यालले बताए।

उपाध्यक्ष पदमा डा. पोषराज पाण्डे र प्राडा गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन। महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित छन्, उनले संघले विगतमा सञ्चालन गरेका नीतिगत तथा कार्यान्वयन तहका गतिविधिहरू—जस्तै नीतिगत बहस, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू—का बारेमा संक्षिप्त जानकारी दिए ।

सचिव पदमा डा। खोमराज खरेल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्राडा शान्ता सिंह चयन भएका छन्।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्रा डा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, प्राडा शिवराज अधिकारी, प्राडा कुसुम शाक्य, प्राडा माधवप्रसाद दाहाल, डा विष्णु देव पन्त, डा मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय तथा जमुना श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया