शीर्षकहरू

त्रिभुवन विश्वविद्यालयका तीन शीर्ष पदाधिकारीद्वारा सामूहिक राजीनामा

त्रिभुवन विश्वविद्यालयका तीन शीर्ष पदाधिकारीद्वारा सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारसहित तीन जना शीर्ष पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएको जनाइएको छ।

शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेका छन्। साथै, कुलपति एवं प्रधानमन्त्रीको निजी सचिव प्रदीप परियारको ह्वाट्सएपमार्फत पनि जानकारी गराइएको बताइएको छ।

सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई पदमुक्त गर्ने गरी अध्यादेश ल्याउने तयारी गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएको बुझिएको छ।

प्रतिक्रिया