काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन हुने भएको छ । साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया लघुवित्त मर्ज भई बनेको यस कम्पनीको संस्थापक तर्फको २ दशमलव ६३ प्रतिशत शेयर संरचना सर्वसाधारणमा परिणत हुन लागेको हो ।
हाल कम्पनीमा संस्थापकतर्फ ६८ दशमलव १९ प्रतिशत र सर्वसाधारण तर्फ ३१ दशमलव ८१ प्रतिशत स्वामित्व कायम छ । साविक स्वदेशी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनीहरुको नाममा रहको शेयर मात्र एकीकृत संस्थाको कुल चुक्तापूाजीको २ दशमलव ६३ प्रतिशत विन्दुले शेयर संरचना सर्वसाधारणमा परिणत गर्न लागिएको जानकारी कम्पनीले दिएको छ । शेयर संरचना परिवर्तनका लागि नेपाल राष्ट्र बैंकको समेत स्वीकृति प्राप्त भैसकेको भनाई कम्पनीको छ । यसर्थ आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने सदस्यहरुले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा लिखित रुपमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधित्रि निवेदन प्राप्त नभएमा सदस्यहरुको मञ्जुरी ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ ।