शीर्षकहरू

अख्तियारको अनुसन्धान दायरा विस्तारको हल्लाले बजारमा मनोवैज्ञानिक दबाब, सेयर बजारमा गिरावट

नेप्से ३३.८३ अंक घट्दै २८३३ विन्दुमा झर्‍यो

अख्तियारको अनुसन्धान दायरा विस्तारको हल्लाले बजारमा मनोवैज्ञानिक दबाब, सेयर  बजारमा गिरावट

काठमाडौं । बिहीबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। सेयर कारोबार मापक नेप्से ३.८३ अंकले घट्दै २८३३.०३ विन्दुमा झरेको हो। यो गिरावट १.१८ प्रतिशत बराबर हो।

अघिल्लो दिन बुधबार समान करिब ३३ अंकले बढेको बजार बिहीबार भने त्यत्तिकै अंकले घटेर बन्द भएको छ। बजारमा आएको गिरावटको प्रमुख कारण निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान दायरा विस्तार गर्ने हल्ला मानिएको छ, जसले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको देखिन्छ।

कारोबारमा आएका ३४२ कम्पनीमध्ये ३१ वटाको मूल्य बढ्दा २३६ वटाको घटेको र ३ वटाको स्थिर रहेको छ। यस दिन कुल १ लाख ११ हजार ६०७ पटकको कारोबारमा २ करोड ७ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको १० अर्ब ५३ करोड रुपैयाँको तुलनामा कारोबार रकम पनि घटेको छ।
उपसमूहतर्फ सबै १३ वटै सूचक घटेका छन्। जसमध्ये वित्त उपसमूह सर्वाधिक १.९८ प्रतिशतले घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

यद्यपि, बजार समग्रमा ओरालो लाग्दा पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टका सेयरमा सकारात्मक सर्किट लागेको हो।कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहँदा त्यसपछि नेशनल हाइड्रोपावर र एसवाई प्यानल नेपाल परेका छन्। यस दिन सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतिशतले घटेको छ।

समग्रमा नियामकीय अनिश्चितता र बजारमा फैलिएको हल्लाले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा बिहीबार सेयर बजारमा व्यापक दबाब देखिएको विश्लेषण गरिएको छ।

null

प्रतिक्रिया