शीर्षकहरू

बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने प्रक्रियामा पाँच कम्पनी, कुन–कुन हुन्?

नेप्से र पाँच कम्पनीबीच बुक बिल्डिङमार्फत सेयर शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन सम्झौता

बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने प्रक्रियामा पाँच कम्पनी, कुन–कुन हुन्?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेडका सेयरहरू बुक बिल्डिङ प्रक्रियामार्फत बिक्रीमा ल्याइने भएका हुन्।

सम्झौताअनुसार नर्भिक इन्टरनेशनल हस्पिटलको ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सको १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सको १८ लाख कित्ता तथा पूर्वाञ्चल ल्युब आयलको ६ लाख कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत योग्य संस्थागत लगानीकर्तालाई छुट्याइनेछ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार यो प्रक्रिया योग्य संस्थागत लगानीकर्ताको मूल्य निर्धारणमा आधारित हुने भएकाले बजारमा पारदर्शी मूल्य खोजी र संस्थागत सहभागिता विस्तार हुने अपेक्षा गरिएको छ।

नेप्सेले उक्त प्रक्रिया सञ्चालनमार्फत सेयर निष्कासनलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउन सहयोग पुग्ने जनाएको छ। साथै यसले प्राथमिक बजारमा मूल्य निर्धारण प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित कम्पनीहरूले पनि बुक बिल्डिङ प्रक्रियाले लगानीकर्ताको विश्वास बढाउने र दीर्घकालीन पूँजी परिचालनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

null

प्रतिक्रिया