शीर्षकहरू

यशोदा फुडसका उत्पादन विभिन्न स्वाद र प्रकारका इन्स्ट्यान्ट नुडल्स

यशोदा फुडसका उत्पादन विभिन्न स्वाद र प्रकारका इन्स्ट्यान्ट नुडल्स

काठमाडौं । यशोदा फुडस अन्तर्गतको ‘Current’ ब्रान्डले नेपाली बजारमा विभिन्न स्वाद र प्रकारका इन्स्ट्यान्ट नुडल्स सार्वजनिक गर्दै आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो । कम्पनीले मसाला, चटपट, भेग, चिकेन, चिज, ओरिएन्टल, स्केजवानदेखि अत्यधिक मसलेदार (2X र 3X स्पाइसी) भेरियन्टसम्मका नुडल्स बजारमा ल्याएको ल्याएको छ। ‘अकबरे’ खुर्सानी मिसिएको नुडल्स, मशरुम फ्लेभर, चिज–बटर तथा हट एण्ड लेमन जस्ता नयाँ स्वादहरूले उपभोक्तालाई फरक अनुभव दिने लक्ष्य राखिएको कम्पनीको दाबी छ।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै तयार पारिएका 2X र 3X स्पाइसी नुडल्सले ‘एक्स्ट्रा हट’ स्वादमार्फत बजारमा छुट्टै पहिचान बनाउने प्रयास गरेको छ। साथै, चिज चिकेन पिज्जा नुडल्स र 2 मिनेट मसाला नुडल्स जस्ता उत्पादनले छिटो र सजिलो खानाको विकल्प दिने उद्देश्य राखिएको छ।

कम्पनीका अनुसार सबै उत्पादन उच्च गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी तयार गरिएका छन् र “नेपालकै उत्कृष्ट स्वाद” प्रदान गर्ने लक्ष्यका साथ बजारमा ल्याइएको हो। विविध स्वाद र फराकिलो उत्पादन दायरामार्फत ‘Current’ ब्रान्डले नेपाली नुडल्स बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया