शीर्षकहरू

बतास ग्रुपले भित्र्यायो क्याटरपिलरको हाइड्रोलिक २ एक्स्काभेटर

बतास ग्रुपले भित्र्यायो क्याटरपिलरको हाइड्रोलिक २ एक्स्काभेटर

काठमाडौं । बतास ग्रुप अन्तर्गतको बतास ट्याक्टर प्रालिले नयाँ २ वटा हाइड्रोलिक एक्स्काभेटर नेपालमा ल्याएको छ । कम्पनीले क्याटरपिलर ब्राण्डको २ वटा मोडलका नयाँ हाइड्रोलिक एक्स्काभेटर शुक्रबार नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले विगत १० वर्षदेखि क्याटरपिलर ब्रान्डका मेसिनहरू नेपालमा आयात तथा विक्री वितरण गर्दै आएको छ । सोही क्रममा हालै क्याट ३२२ र क्याट ३२४ मोडलका नयाँ हाइड्रोलिक एक्स्काभेटर नेपालमा ल्याएको हो । उक्त एक्स्काभेटर नेपाल भित्रिएसँगै कम्पनीले दुई जना ग्राहकलाई साँचो हस्तान्तरण पनि गरेको छ । उक्त एक्स्काभेटर भरपर्दाे, इन्धन खपत कम गर्ने र सञ्चालन खर्च पनि कम हुने कम्पनीको दाबी छ ।

एक्स्काभेटर सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले ३२३ मोडलको एक्स्काभेटर कम्पनीले यस अघि नेपाल भित्र्याएको र सबै ग्राहकले त्यो मेसिनको प्रशंसा गरेको बताए । त्यही सफलतालाई निरन्तरता दिँदै अहिले ३२४ र ३२२ मोडलका मेसिन नेपाल ल्याइएको उनको भनाई छ । 

उनले कम्पनीले मेसिन सार्वजनिक मात्रै नगरेर कस्टमर सेटिफेक्सनलाई अझ धेरै ध्यान दिने गरेको बताए । उक्त नयाँ मोडलको एक्स्काभेटरले निर्माण र हाइड्रोपावर क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्ने आशा उनले व्यक्त गरे । 

बतास ग्रुपले १० वर्षमा क्याटरपिलरका ५०० युनिट मेसिन नेपालमा ल्याएर विक्री वितरण गरिसकेको जनाएको छ । हालै नेपालमा सार्वजनिक भएका उक्त मेसिनहरु भारतमा एसेम्बलिङ भएका मेसिनहरू हुन् । 

यस्ता छन् विशेषता 

क्याट ३२२

यो एक्स्काभेटरमा क्याट सी३.६ मोडलको इनजीन रहेको छ । जसको नेट पावर ९६ किलोवाटको रहेको छ भने ग्रस पावर १०० किलोवाटको रहेको छ । डिस्प्लेसमेन्ट ३.६ लिटरको रहेको छ । 

३७० लिटरको इन्धन ट्यांक रहको क्याट ३२२ को बकेटले एक पटकमा १.१ घनमिटर माटो उठाउन सक्छ, जसको फोर्स १२८ किलो न्युटन रहेको छ । ६.३१ मिटरसम्मको गहिराई खन्न सक्ने यस एक्स्काभेटरको उचाई ३.३६ मिटर र लम्बाई ४.२४ मिटरको रहेको छ । हाइड्रोलिक फ्लो भने ४४२ लिटर प्रति मिनेट रहेको छ । 

क्याट ३२४ 

क्याट ३२४ मोडल एक्स्काभेटरमा क्याट सी७.१ मोडलको इन्जीन रहेको छ । जसको नेट पावर १०८ किलोवाटको रहेको छ भने ग्रस पावर ११२ किलोवाटको रहेको छ । डिस्प्लेसमेन्ट ७.१ लिटरको रहेको छ । 

३७० लिटरको इन्धन ट्यांक रहको क्याट ३२४ को बकेटले एक पटकमा १.३ घनमिटर माटो उठाउन सक्छ, जसको फोर्स १३९ किलो न्यूटन रहेको छ । ६.३१ मिटरसम्मको गहिराई खन्न सक्ने यस एक्स्काभेटरको क्याब सम्मको उचाइ ३.३६ मिटर र मेसिनको लम्बाइ ९.५२ मिटरको रहेको छ । हाइड्रोलिक फ्लो भने ४१६ लिटर प्रति मिनेट रहेको छ ।

null

null

प्रतिक्रिया