काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचना प्रणाली (इन्फर्मेसन सिस्टम) अडिटको जिम्मा आरएसएम अल्फा प्राइभेट लिमिटेडले पाएको छ। नेप्सेले सूचना जारी गर्दै प्राविधिक र आर्थिक मूल्याङ्कन दुवैमा उच्चतम अंक प्राप्त गरेपछि सोही कम्पनीलाई छनोट गरिएको जनाएको हो।
नेप्सेका अनुसार अडिट कार्यका लागि भ्याटसहित ४ लाख ५२ हजार ८ सय ५२ रुपैयाँ २ पैसा लागतमा आरएसएम अल्फासँग सम्झौता हुनेछ।
यसअघि अडिट कार्यका लागि चार कम्पनीलाई प्राविधिक रूपमा योग्य ठहर गरिएको थियो। ती कम्पनीहरूमा एस.ए.आर. एडभाइजर्स प्राइभेट लिमिटेड, आरएसएम अल्फा प्राइभेट लिमिटेड, ग्रीन टिक नेपाल प्राइभेट लिमिटेड र क्रिप्टोजेन नेपाल प्राइभेट लिमिटेड रहेका थिए।
प्राविधिक मूल्याङ्कनमा छनोट भएका यी कम्पनीहरूले पेश गरेको आर्थिक प्रस्ताव वैशाख २ गते दिउँसो १ बजे नेप्सेको कार्यालयमा खोलिएको थियो। त्यसपछि प्राविधिक र आर्थिक दुवै प्रस्तावको समग्र मूल्याङ्कनका आधारमा आरएसएम अल्फाले उच्चतम अंक हासिल गरेको नेप्सेले स्पष्ट पारेको छ।
छनोटपछि अब आरएसएम अल्फाले नेप्सेको सूचना प्रणालीको अडिट प्रक्रिया अघि बढाउनेछ, जसले प्रणालीको सुरक्षा, पारदर्शिता र कार्यक्षमता मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया