शीर्षकहरू

आईपीओको रकमबाट चितवनमा एसवाई प्यानलको नयाँ कारखाना सञ्चालन

आईपीओको रकमबाट चितवनमा एसवाई प्यानलको नयाँ कारखाना सञ्चालन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सार्वजनिक सेयर (आईपीओ) बाट संकलन गरेको पूँजी चितवनमा नयाँ उद्योग स्थापना गर्न उपयोग गरेको जनाएको छ।

कम्पनीले आईपीओमार्फत संकलन गरेको करिब ३९ करोड रुपैयाँसहित कुल ४० करोड रुपैयाँ लगानीमा रत्ननगर नगरपालिका–१४ मा नयाँ कारखाना सञ्चालनमा ल्याएको हो।

एस.वाई. यु.पि.भि.सि. प्रोफाइल प्रालिको उक्त कारखानाको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत हङ सङ बु, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र वडा अध्यक्ष होमनाथ रानाभाटले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

कम्पनीले उक्त उद्योगमार्फत उत्पादन विस्तारसँगै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

null

प्रतिक्रिया