शीर्षकहरू

मन्त्रिपरिषद् बैठक : यस्ता छन् मुख्य पाँच निर्णय, गृहमन्त्रीबारे कुनै छलफल भएन

मन्त्रिपरिषद् बैठक : यस्ता छन् मुख्य पाँच निर्णय, गृहमन्त्रीबारे कुनै छलफल भएन

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरे पनि गृहमन्त्री सुधन गुरुङबारे उठेको विवादमा भने कुनै निर्णय नगरेको सरकारका प्रवक्ताले बताएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकपछि सार्वजनिक गरेका अनुसार बैठकले पाँच मुख्य निर्णय गरेको छ।

बैठकका प्रमुख निर्णयहरू यस्ता छन् :

१. नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ। समितिको संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल रहेका छन्।

२. नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

३. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

४. मतदाता नामावली ऐन, २०७३ संशोधन विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) तथा रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया