शीर्षकहरू

सोपान फर्मास्यूटिकल्सकाे आईपीओ ९.५७ गुणा बढी आवेदन

सोपान फर्मास्यूटिकल्सकाे आईपीओ ९.५७ गुणा बढी आवेदन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा ७ गुणा बढी आवेदन परेकाे छ । उक्त कम्पनीको आईपीओ भर्ने अन्तिम दिन आज वैशाख ८ गते मंगलबार साँझ ५ बजेसम्म ७ गुणा बढीले आवेदन दिएका हुन् । 

कम्पनीले सर्वसाधारणका लागि वैशाख ३ गतेदेखि ८ गतेसम्मका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर खुलाएकाे थियाे । जसमा २९ लाख १४ हजार ४४३ जनाले ३ कराेड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेकाे हाे।

कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको अनुमति कम्पनीले पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ। त्यस्तै १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्ट गरिएको फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत र खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको जनाएको छ।

प्रतिक्रिया