शीर्षकहरू

दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २६ देखि

दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २६ देखि

काठमाडौं । दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को मिति तय भएको छ । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन ९नाइमा०ले साउन २६ गतेदेखि ३१ गतेसम्म एक्स्पो गर्ने जनाएको छ । 

नाइमाका अनुसार भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल एक्स्पो हुनेछ । जसका लागि प्रदर्शनीस्थल बुक भइसकेको छ । यसपटकको एक्स्पो म्यानेजमेन्टका लागि खुला प्रतिस्पर्धाबाट इभेन्ट म्यानेजमेन्ट कम्पनी छनोट गर्ने पनि नाइमाले जनाएको छ । जसका लागि अप्रिल २८ सम्मको समय राखेर आवेदन आह्वान गरिएको छ । 

प्रतिक्रिया