शीर्षकहरू

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नेतृत्व नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको हो। त्यस्तै, सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ।

निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले सहकारी क्षेत्रको व्यवस्थापन र समस्या समाधानलाई प्रभावकारी बनाउन समिति पुनर्गठन गरिएको बताए।

प्रतिक्रिया