शीर्षकहरू

ऊर्जा सहकार्य विस्तारमा नेपाल सक्रिय, चीन र भारतसँग उच्चस्तरीय छलफल

ऊर्जा सहकार्य विस्तारमा नेपाल सक्रिय, चीन र भारतसँग उच्चस्तरीय छलफल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालका लागि चीन र भारतका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै क्षेत्रीय ऊर्जा सहकार्य विस्तार र साझा चुनौती समाधानबारे छलफल गरेका छन्।

शुक्रबार भएको भेटमा चिनियाँ राजदूत चाङ माओमिङसँग नेपाल–चीनबीच व्यावहारिक र पारस्परिक हितमा आधारित सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ।

विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायबारे दुवै पक्षबीच विचार आदान–प्रदान भएको थियो।

भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई साझा समृद्धि र जनहितसँग जोडिएको महत्वपूर्ण सहकार्य क्षेत्रका रूपमा अघि बढाउने समझदारी व्यक्त गरिएको छ।

यसैगरी, भारतका राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल–भारत ऊर्जा साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। दुवै पक्षले दीर्घकालीन सहकार्यलाई मजबुत बनाउँदै दिगो विकास, क्षेत्रीय ऊर्जा सम्पर्क सञ्जाल विस्तार र प्रवर्द्धनमा जोड दिएका छन्।

मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

null

प्रतिक्रिया