काठमाडाैँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको शेयर स्वामित्व संरचना पारदर्शी, कानुनी तथा नियामक निकायहरूको मापदण्डअनुसार व्यवस्थित रहेको जनाएको छ । पछिल्लो समय गृहमन्त्री सुधन गुरुङले उक्त कम्पनीमा स्रोत नखुलेको रकम लगानी गरेको भन्ने चर्चाका बीच कम्पनीले यस्तो प्रष्टीकरण दिएको हो ।
शेयर संरचना सम्बन्धी विषयलाई लिएर गलत व्याख्या गरिएकोप्रति कम्पनीले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
'हाम्रो कम्पनी कानुनी प्रावधानअनुसार सञ्चालनमा रहेको वित्तीय संस्था हो, जसमा कयौं शेयरधारकहरू रहेका छन् । यसरी ठूलो संख्यामा आम नागरिकको लगानी समेटिएको संस्थासम्बन्धी गलत तथा अपुष्ट जानकारी सार्वजनिक हुँदा लगानी कर्ताहरूको विश्वासमा नकारात्मक असर पर्नुका साथै कम्पनीको नामसमेत बदनाम हुने र ग्राहकहरूमा पनि नकारात्मक प्रभाव पर्न सक्नेछ ।’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
आर्थिकन्यूज
प्रतिक्रिया