शीर्षकहरू

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ७०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ९९ हजार २०० कायम भएको छ । 

तोलाको ५० रूपैयाँले बढेर चाँदीको मूल्य ४ हजार ९९५ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया