काठमाडौं । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकार वालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले गरेका थिए । अध्यक्ष दुगडले कार्यक्रममा बोल्दै नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको महत्वमाथि प्रकाश पारे ।
वैशाख ११ गते शुक्रबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा एमभी दुगड समूहको व्यवसायीक पोर्टफोलियो सम्बन्धी प्रस्तुति कार्यकारी निर्देशक शुभम दुगडले दिएका थिए । उनले समूहको विविध व्यावसायिक क्षेत्र तथा पूर्वाधार विकासमा योगदानबारे जानकारी गराएका थिए ।

कार्यक्रममा टाटा हिटाचीका प्रमुख अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जहाँ निर्यात प्रमुख जयकारा काल्माडी, दक्षिण एशियाली देशका प्रमुख सौरभ गुप्ता र एक्सपोर्ट एडमिन गोपी नाथ उपस्थित थिए ।
कार्यक्रममा जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गरेका थिए भने सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाहरूबारे विस्तृत जानकारी दिए।
कम्पनीको व्यापार प्रमुख निरज सापकोटाले हाइड्रोपावर कन्ट्रक्सनको कामको लागि उपयुक्त हुने मेसिनहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शनमा केन्द्रित थियो।
कार्यक्रमको समापन एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगडले धन्यवाद ज्ञापनसहित गरेका थिए।
उक्त कार्यक्रममा टाटा हिट्याचीको सिनराई पावर ब्याकहो लोडर, Ex 215 Quarry Excavetor र zx 220 Lc Ultra Excavetor मेसिनहरु पनि प्रदर्शनमा राखिएको थियो।
साथै उक्त कार्यक्रममा विशेष वारेन्टी स्किम पनि उपलब्ध गराइएको थियो।
कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू तथा सम्बन्धित व्यक्तिहरूको सक्रिय सहभागिताले अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसरहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमकाे सम्पूर्ण व्यवस्थापनको कार्य अपोलो इभेन्ट्स एन्ड एडभर्टाइजमेन्ट प्रालि गरेको थियो ।

आर्थिकन्यूज
प्रतिक्रिया