शीर्षकहरू

सामसङ नेपालको ‘Remit मा Benefit’ योजना सार्वजनिक, परिवारलाई क्यासब्याकदेखि ईएमआईसम्म सुविधा

सामसङ नेपालको ‘Remit मा Benefit’ योजना सार्वजनिक, परिवारलाई क्यासब्याकदेखि ईएमआईसम्म सुविधा

काठमाडौं । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै ‘Remit मा Benefit’ अभियान सुरु गरेको छ। रेमिट्यान्समा आश्रित परिवारलाई प्रिमियम प्रविधि सहज पहुँचमा पुर्‍याउने उद्देश्यले ल्याइएको यस योजनामा स्मार्टफोन, टिभी, फ्रिज र वासिङ मेसिन खरिदमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक, एनसेल रिचार्जमा १८० जीबीसम्म बोनस डाटा तथा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइनेछ।

अभियानलाई IME Remit, Khalti by IME, Ncell र Hulas Fin Serve लगायत साझेदारको सहकार्यमा सञ्चालन गरिएको सामसङ नेपालले जनाएको छ। यो अफर विदेशबाट IME Remit मार्फत रकम पठाउने रेमिटर तथा उनीहरूका आश्रित परिवारका लागि विशेष रूपमा उपलब्ध हुनेछ।

प्रतिक्रिया