शीर्षकहरू

बैंकिङ कसूरमा फरार प्रतिवादी राजेश कुमार गुप्ता पक्राउ

बैंकिङ कसूरमा फरार प्रतिवादी राजेश कुमार गुप्ता पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको साविक सबैठवा–९ घर भई हाल वीरगञ्ज महानगरपालिका–५ बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्ता रहेका छन्।

विशेष सूचनाका आधारमा फैसला कार्यान्वयन टोलीले बिहीबार दिउँसो वीरगञ्ज–८ बाट उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत पर्साको फैसलाअनुसार गुप्तालाई बैंकिङ कसूर मुद्दामा १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउपछि उनलाई अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया