एजेन्सी । अदाणी ग्रुपका अध्यक्ष गौतम अदाणीले ‘विश्व श्रमिक दिवस’को अवसरमा आफ्नो समूहका ४ लाखभन्दा बढी कर्मचारी तथा सहकर्मीलाई सम्बोधन गर्दै महत्वाकांक्षी भविष्य योजना सार्वजनिक गरेका छन्।
‘अपनी बात, अपनों के साथ’ संवादमार्फत उनले निर्णय प्रक्रिया छिटो बनाउने र कर्मचारीको समग्र विकास सुनिश्चित गर्ने लक्ष्यसहित तीन प्रमुख रूपान्तरण (ट्रान्सफर्मेसन) घोषणा गरेका हुन्। साथै, उनले समूहको कार्यप्रणालीलाई ‘पञ्चतत्व’को अवधारणामा आधारित भएको बताएका छन् । जसले बलियो र संवेदनशील संस्था निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गरे।
अदाणीले मुन्द्रा र खावडामा कार्यरत श्रमिकहरूका लागि ५० हजार एयरकन्डिसनयुक्त आवास निर्माण गरिने जानकारी दिए। साथै, मुन्द्रामै ठूलो ‘क्लाउड किचन’ निर्माण भइरहेको र त्यहाँ दैनिक करिब एक लाख मानिसका लागि स्वच्छ र पौष्टिक भोजन तयार गरिने बताए।
आर्थिकन्यूज
प्रतिक्रिया