काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफू पक्राउ परेको भन्ने विषय हल्ला मात्र रहेको बताएका छन् । उनले आर्थिक न्यूजसँग कुरा गर्दै आफू अहिले अफिसमा नै रहेको स्पष्ट पारे ।
बिहीबार बिहान शेखर गोल्छा पक्राउ परेको भन्ने विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । केही सञ्चारमाध्यमले पनि उनलाई भैरहवाबाट पक्राउ गरिएको भन्ने समाचार लेखेका थिए । यी सबै विषय फेक रहेको गोल्छाले बताए ।
नेपाल उद्याेग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका गाेल्छाले भने, 'म अहिले काठमाडौंको अफिसमा नै छु, मलाई प्रहरीबाट कुनै किसिमको पत्र पनि आएको छैन, प्रहरीसँग कुरा पनि भएको छैन । मिडियामा आएका विषय हल्ला हुन् ।’
यता, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि शेखर गोल्छा पक्राउ परेको भन्ने विषय गलत रहेको बताएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया