शीर्षकहरू

जेनजी प्रदर्शन : २३ अर्ब १९ करोड बीमा दाबी, करिब दुई अर्ब दाबी भुक्तानी

जेनजी प्रदर्शन : २३ अर्ब १९ करोड बीमा दाबी, करिब दुई अर्ब दाबी भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा परेको बीमा दाबी करिब दुई अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज २८ गतेसम्ममा अग्रिम भुक्तानी सहित एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो । 

प्राधिकरणको तथ्यांक अनुसार सम्पति बीमाको दाबीमध्ये एक अर्ब ५५ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । मोटर बीमामा परेको दाबीमध्ये ३६ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ भने इन्जिनियरिङग र ठेकेदार जोखिम बीमाको तीन करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ । अन्य बीमामा परेको दाबीको २२ लाख रुपैयाँ भुक्तानी भएको छ तर, परिवहन बीमाको दाबी भुक्तानी भएको छैन । 

प्रदेश अनुसार कोशी प्रदेशमा परेको दाबीमध्ये २६ करोड ५४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी भएको छ । मधेश प्रदेशमा परेको दाबीको चार करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ भने बागमती प्रदेशमा परेको दाबीको एक अर्ब ४५ करोड ९४ लाख रुपैयाँ भुक्तानी भएको छ । 

गण्डकी प्रदेशमा परेको दाबीको १० करोड ६५ लाख रुपैयाँ भुक्तानी भएको छ भने लुम्बिनी प्रदेशमा परेको दाबीको पाँच करोड ९६ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै, कर्णाली प्रदेशमा परेको दाबीको ६ लाख ९६ हजार रुपैयाँ भुक्तानी भएको छ भने सुदूरपश्चिम प्रदेशमा परेको दाबीको एक करोड ८६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र नेशनल दाबी भुक्तानी नै शुरु गरेनन्

दाबी परेको एक महिना वित्तिसक्दा पनि राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले अहिलेसम्म दाबी भुक्तानीको सुरुवात नै गरेका छैनन् । नेपाल बीमा प्राधिकरणले अग्रिम भुक्तानी भएपनि भुक्तानी गर्न निर्देशन दिईसक्दा पनि यि दुई कम्पनीले हालसम्म कुनै पनि रकम भुक्तानी गरेका छैनन् । यस्तै, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि भुक्तानी सुरु नै गरेको छैन । 

प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनीमा हालसम्म २४६ वटा बीमा दाबी परेको छ भने ५८ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेशनल इन्स्योरेन्स कम्पनीमा २४ वटा बीमा दाबीबाट आठ करोड ५७ लाख रुपैयाँ दाबी परेको छ । यस्तै, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीबाट नौ वटा दाबी परेको छ । जसबापत कम्पनीमा ७२ लाख ३८ हजार रुपैयाँ बराबरको दाबी परेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ३९४ वटा बीमा दाबी परेको छ भने पाँच अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा ९८ वटा दाबी परेको छ भने पाँच अर्ब २४ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २१५ वटा दाबी परेको छ भने दुई अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा ४३३ वटा दाबी परेको छ भने दुई अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा ३४२ वटा बीमा दाबी परेको छ भने एक अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा २५९ वटा बीमा दाबीबाट एक अर्ब १५ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा २७० वटा बीमा दाबी परेको छ भने ९८ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सानिमा जिआईसीमा १७० वटा बीमा दाबीबाट ८८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा २३८ वटा बीमा दाबीबाट ६३ करोड ९४ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

एनएलजी इन्स्योरेन्समा २०५ वटा दाबीबाट ६० करोड ५८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा १०८ वटा बीमा दाबीबाट ४६ करोड ८९ लाख रुपैयाँ बराबरको दाबी परेको छ । प्रभु इन्स्योरेन्स कम्पनीमा १११ वटा दाबीबाट २१ करोड ८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

२३ अर्ब १९ करोड बीमा दाबी 

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बीमा दाबी परेको छ । १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार १६३ वटा बीमा दाबी परेको छ । 

सम्पति बीमाको ६७३ वटा बीमा दाबी परेको छ भने १९ अर्ब ७१ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । मोटर बीमामा दुई हजार २५६ वटा बीमा दाबी परेको छ भने तीन अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

इन्जिनियरिङग तथा ठेकेदार जोखिम बीमामा १८२ वटा बीमा दाबी परेको छ भने ३३ करोड १८ लाख रुपैयाँ दाबी परेको छ । परिवहन बीमामा १२ वटा दाबी परेको छ भने एक करोड ६३ लाख रुपैयाँको दाबी परेको छ । अन्य बीमामा ४० वटा र ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

यस्तै, कोशी प्रदेशमा ३९४ वटा बीमा दाबीबाट दुई अर्ब ३६ लाख रुपैयाँ दाबी सृजना भएको छ । मधेश प्रदेशमा ३६२ वटा बीमा दाबीबाट ६९ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा दाबी सृजना भएको छ । बागमती प्रदेशमा एक हजार ७०६ वटा दाबीबाट १७ अर्ब ५० करोड ९३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । 

गण्डकी प्रदेशमा २१३ वटा बीमा दाबीबाट एक अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बीमा दाबी सृजना भएको छ । लुम्बिनी प्रदेशमा २५६ वटा बीमा दाबीबाट ४७ करोड १९ लाख रुपैयाँ बीमा दाबी परेको छ । कर्णाली प्रदेशमा २८ वटा बीमा दाबीबाट १० करोड रुपैयाँ दाबी परेको छ भने सुदूरपश्चिम प्रदेशमा २०४ वटा बीमा दाबीबाट ३३ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।  
   

प्रतिक्रिया