शीर्षकहरू

ईरानले अमेरिकामाथि भरोसा गर्न नसकिने भन्दै कडा चेतावनी दियो

ईरानले अमेरिकामाथि भरोसा गर्न नसकिने भन्दै कडा चेतावनी दियो

एजेन्सी । ईरानले अमेरिकामाथि भरोसा गर्न नसकिने भन्दै कडा चेतावनी दिएको छ। Mohammad Bagher Ghalibaf ले हालात जुनसुकै बेला बिग्रिन सक्ने भएकाले सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्।

शनिबार राति दिएको बयानमा उनले यदि होर्मुजबाट इरानी जहाजहरू आवतजावत गर्न नदिइएमा अन्य देशका जहाजहरूलाई पनि त्यहाँबाट जान नदिने चेतावनी दिए। अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीलाई उनले गलत र लापरवाह निर्णय भन्दै क्षेत्रीय तनाव बढाउने कदम भएको बताए।

उनले थप चेतावनी दिँदै होर्मुज क्षेत्रमा माइन–क्लियरिङ जस्ता कुनै पनि गतिविधिलाई युद्धविराम (सीजफायर) उल्लंघन मानिने र त्यसको जवाफ दिइने बताए। साथै, इरान वार्ताका लागि तयार भए पनि यसलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे। गालिबाफका अनुसार स्रोत र हतियार भए पनि रणनीतिक रूपमा अमेरिका इरानसँग कमजोर देखिएको छ।

भारतीय जहाजमाथि फायरिङ भएको छ । इरानले होर्मुज क्षेत्रमा २ भारतीय जहाजमाथि गोली चलाएको दाबी गरेको छ ।  १४ जहाज रोके, १३ फर्किएकामा भारतले विरोध जनाएको छ।

 इरानले अमेरिकामाथि सीजफायर उल्लंघनको आरोप लगाउँदै स्ट्रेट फेरि बन्द गरेको घोषणा गरेको छ । आपूर्ति संकटबीच अमेरिकाले इमर्जेन्सी रिजर्भबाट २.६ करोड ब्यारेल तेल बजारमा पठाएको दावी गरिएको छ । अमेरिका–इरानबीच नयाँ चरणको वार्ता सोमबार पाकिस्तानमा हुन सक्ने चर्चा औपचारिक पुष्टि छैन।

प्रतिक्रिया